स्याङ्जामा स्कुटर दुर्घटनाः घाईतेको पोखरा ल्याउने क्रममा मृत्यु, एक गम्भिर (तस्विर सहित)

स्याङ्जामा स्कुटर दुर्घटनाः घाईतेको पोखरा ल्याउने क्रममा मृत्यु, एक गम्भिर (तस्विर सहित)

65423356_1164417827100520_7718264064379453440_n

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका १ स्थित हेलु बयरघारी सडकखण्डमा सोमबार दिउँसो ४ बजेतिर भएको स्कुटर दुर्घटनामा घाइते दुर्इ मध्ये एक जनाको पोखरा लैजाने क्रममा मृत्यु भएको छ ।

वालिङबाट राङ्गखोला तर्फ गइरहेको ग १६ प  ९१२४ नम्बरको स्कुटर चालक राजेश क्षेत्रीको पोखरामा उपचार भइरहेको छ भने गम्भिर घाइते भएका पछाडि बस्ने स्कुटर धनी पोसीन्दर क्षेत्री (कपिल) लाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । हेलुस्थित कालिका सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि दुवै घाइते लाई पोखरा पठाइएको थियो ।

मृतक भारतीय सेनामा कार्यरत रहेको बुझिएको छ । उनीहरु वालिङ स्थित एसबिआइ बैंकमा गएर एटिएमबाट पैसा झिकेर फर्कदै गर्दा भिरकोट १ लामाचौर नजिकै मोडमा स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको स्थानीयले बताए । उनिहरूको साथमा रहेको नगद १ लाख ४३ हजार रुपैयाँ प्रहरीले स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा आफन्तलाई बुझाएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ