तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुने स्थित इट्टा भट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णबहादुर शाहीका छोराहरू ७ वर्षिय सुन्दर शाही र ४ बर्षिय किस्मत शाही रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
दुबै बालकहरु जामुनेको राधा माविको एलकेजि र नर्सरिमा अध्ययनरत थिए । जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर मंगलबार दिउँसो दुई बालकको मृत्यु भएको हो । डिएसपी लामिछानेका अनुसार विद्यालयबाट घर फर्किदा दिउँसो पौने २ बजेको समयमा पौडी खेल्ने क्रममा बालकहरु डुब्न पुगेका थिए ।
यस घटनाका विषयमा थप अनुसन्धान भईरहेको समेत डिएसपी लामिछानेले बताए । इटा भट्टा सञ्चालकले खुला रुपमा पोखरी निर्माण गर्ने तर त्यसमा तारबार नगर्दा यस्ता दुर्घटना हुने गरेका छन् ।
इटाभट्टाहरु बालबालिकाहरुका लागि जोखिमपूर्ण बन्दै गएका छन् । हरेक बर्ष ५ देखि ६ जनासम्म बालबालिकाहरुको ज्यान लिदै आएको इटाभट्टामा इटा पार्न बनाइएका कृत्रिम पोखरीहरुमा सुधार नगरिए यस्ता नियति बारम्बार दोहोरिने पछिल्लो घटनाले पनि प्रष्ट पारेको छ । प्रत्येक इट्टा भट्टामा इट्टा बनाउन माटो मुछ्न पानी जम्मा गर्न पोखरी तथा खाल्डो बनाउने गरिन्छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’