पोखरा । मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्। बिहीबार जिल्ला पार्टी कार्यालयमा सांसद गुरुङलाई एक कार्यक्रमका बीच नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको नेकपा केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको आतिथ्यतामा पार्टी प्रवेश गराउने कार्यक्रम छ। उनले आफू नेकपा प्रवेश गर्न लागेको जानकारी दिए।
सांसद गुरुङले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ खाएका थिए। उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन्।
गुण्डा नाइके भनेर कुख्यात भएका कारण तत्कालिन एमालेले टिकट दिएन तर आफ्नो उम्मेदवार ब्याक गराई स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो । ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङे सपथ लिनबाट बञ्चित भएका थिए । निर्वाचन जिते पनि उनले सांसदको हैसियत १६ महिनासम्म पाएका थिएनन् । शपथ लिनुअघि नै उनी कारागार चलान भएका थिए । करीब ९ महिनापछि पुस ६ गते उनी कारागरमुक्त भएका हुन् ।
सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए । पुस ११ गते प्रदेशसभा कार्यालयमा दीपक मनाङेले शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले पटक–पटक छलफल गर्दै आएका थिए। यसअघि प्रदेशसभा निर्वाचन ऐनको दफा १६ अनुसार सपथ खुवाउन नमिल्ने प्रतिक्रिया दिएका सभामुख अधिकारीले पुनः कानुनी राय र परामर्श लिई माघ १४ गते सपथ खुवाएका हुन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो