तनहुँ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिलदेव भट्ट पुनः पक्राउ परेका छन् ।
तनहुँ कारागारबाट धरौटीमा रिहा भएलगतै मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँले जनही २ हजार धरौटी रकम बुझाउन आदेश गरेपनि उनीहरुले इन्कार गरेपछि पुर्पक्षका लाग कारागार पठाइएको प्रहरीले जनाएको छ ।
मंगलबार तोकिएको धरौटी रकम बुझाएर छुटे लगतै तनहुँको प्रशासन कार्यालय परिसरबाटै उनीहरुलाई पुन पक्राउ गरिएको हो ।
‘गोरखामा बम बिष्फोट सम्बन्धि मुद्धा दर्ता भएकाले थप अनुसन्धानका लागि भन्दै पक्राउ पुर्जी आएको थियो,’ जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी बिनोद सिलवालले भने, ‘त्यही आधारमा हामीले पक्राउ गरेर गोरखा प्रहरीलाई बुझाएका हौं ।’
मंगलबार पक्राउ परेका कुमाल र भट्टलार्इ सोही दिन जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ । उनीहरुविरुद्ध बिष्फोटक पदार्थ सम्बन्धि मुद्धा दर्ता हुने जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी महेन्द्र नेपालले बताए ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग