लेखनाथ सुन्दरीबजारमा २ स्कुटर ठक्कर खाँदा २ घाइते

लेखनाथ सुन्दरीबजारमा २ स्कुटर ठक्कर खाँदा २ घाइते

scooter accident

प्रतिकात्मक तस्विर

लेखनाथ । पोखराको लेखनाथमा २ वटा स्कुटर एकआपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा सुन्दरी बजारकी सनम पुन र बुढीबजार बस्ने रेनुका गुरुङ छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ स्थित सुन्दरीबजारमा ग १७ प २६ नं को स्कुटर र ग १२ प ६९४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएको प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ भने दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ