लमजुङमा स्मार्ट फिल्म सिटी बन्ने भएको छ। लमजुङको बेंसीसहर नगरपालिकाको वडा ३, ४, ५ र ९ को ५ हजार रोपनी क्षेत्रमा फिल्मी सिटी निर्माण तयारी गरिएको छ। यसका लागि इटालियन र नेपाली कम्पनीबीच सहमति भएको छ।
स्मार्ट फिल्म सिटी निमार्णका लागि नेपालको तर्फबाट स्काई इन्टरनेट र इटालियन कम्पनी एरिया होल्डिङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। बुधार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको उपस्थितिमा गरिएको सम्झौतासँगै दुई कम्पनीले (संयुक्त कम्पनी) खडा गर्ने छन्। जुन कम्पनीबाट लगानी जुटाउनेदेखि फ्ल्मि सिटी संचालनसमेत हुनेछन्। संयुक्त कम्पनी वर्ल्ड स्काई सिने भिलेन नेपालले लगानी गरेर बनाउने स्मार्ट फिल्म सिटीको नाम पनि वर्ल्ड स्काई सिने भिलेज नेपाल राख्ने सहमति भएको छ।
यो फिल्मी सिटी संसारकै सबैभन्दा अग्लो स्थानको हुने स्काई इन्टरनेट अध्यक्ष आकाश अधिकारीले बताए । समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा फिल्म सिटी निर्माण हुन लागेको हो। लक्ष्यअनुसार काम भएमा यो अबको चार वर्षमा संचालनमा आउने छ।
करिब ६ अर्ब लागत (५ अर्ब ९० करोड अनुमानित) लागतमा निर्माण गरिने नपालको अन्तर्राष्ट्रियस्तरको उक्त फिल्म सिटीले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने उनको दाबी छ। वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले यो कामममा हात हालेसँगै नेपाल दोस्रो घर भएको बताए।
त्यस्तै संचार मन्त्री बास्कोटलाई टेलिफोन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फिल्म सटी निर्माणमा प्रदेश सरकारको पूर्ण सहयोग रहने जानकारी गराएका थिए। स्काई इन्टरनेटका अध्यक्ष अधिकारीले बेंसीसहरबाट धेरै हिमाल र प्रकृतिक दृश्य देखिने बताए। ‘त्यहाँ काठमाडौं, भक्तपर लगायतका धार्मिकस्थल मिनेचर गराउँछौँ’, उनले भने, ‘संसारका अन्य प्रसिद्धस्थलको पनि मिनेचर गराइ एकै स्थानबाट सम्पूर्ण फिल्मी सुटिङ गर्ने वातावरण बनाउँछौँ।’ उनले अन्यको तुलनामा ६५ प्रतिशतसम्म सस्तो सेवा दिएर संसारकै ध्यान तानिने बताए। ‘अन्य फिल्मी सिटीमा सय रुपैयाँ लागत लाग्छ। हामीले ३५ रुपैयाँमै ल्याउने सोच बनाएका छौँ। यति गरेपछि संसारको ध्यान नेपालमा जानेछ,’अधिकारीले भने। इटालियन कम्पनीले संसारका अन्य देशमा पनि यस्तो फिल्मी सिटी बनाएकाले तिनको तुलनामा सस्तोमा काम गर्न सकिने बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान