किरण श्रेष्ठ, तनहुँ । घर नजिकैको छेउमा आधुनिक गोठ छ । जहाँ हुल बाख्रा घास खाइरहेका छन । एक हुल बाख्रा बीच एक अजंगको बोका पनि छ । जुन बोका केहि समय अघि मात्रै अष्ट्रेलियाबाट ल्याइएको हो । यो दृश्य हो तनहुँको भानु नगरपालिका–५ नाबरुङका कृषक एवं सोहि वडाका वडाअध्यक्ष प्रकाश मल्लको प्रकाश एग्रिकल्चर प्रालिको ।
भानु नगरपालिका–५, का प्रकाश मल्ल सोही वडाका अध्यक्ष हुन् । तर उनको परिचय वडा अध्यक्षमा मात्रै सीमित छैन । उनले आफूलाई किसानको रुपमा पनि चिनाउँदै आएका छन् ।
०६९ सालमा प्रकाश एग्रिकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय सुरु गरेका मल्लले १ सय ५० रोपनी क्षेत्रफलमा घाँस खेती समेत गरेका छन् ।
वार्षिक एक करोड बराबरको बाख्रा,बोका र पाठापाठी बिक्रि हुने मल्लले बताए । ‘कर्मचारीको ज्याला, तलब र बाख्राहरुको दाना औषधि गरेर वार्षिक ३० लाख लाग्छ,’ मल्लले भने,’७० लाख जति वार्षिक आम्दानि हुन्छ ।’
अहिले पाचँ वटा समुहमा ५० जनाको टिम बनाएर भानु ५ र ६ नम्बर वडा लाई बाख्राको पकेट एरिया बनाउन लागेको वडा अध्यक्ष मल्लले बताए । बाख्रा, बोका तथा पाठापाठीहरु बिक्रि गर्न कुनै चिन्ता नरहेको मल्ल बताउछन । नेपालभरका व्यवसायिक किसानहरु आफ्नै घरमा बाख्रा लिन आउने मल्लले बताए । किसान लाई सस्तो होस् भनेर बाख्राको स्रोतकेन्द्र बनाएको मल्लले जानकारी दिए । ५० प्रतिशत सम्मको लागि १ हजार, ७५ प्रतिशत लाई २ हजार र ८७ प्रतिशत लाई २५ सय र १०० प्रतिशत लाई ३ हजार प्रति केजीमा बिक्रि गर्ने गरेको मल्लले जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्केर बाख्रापालन सुरु गरेका उनी अहिलेको आम्दानीबाट सन्तुष्ट छन् । ‘बाख्रापालन सुरु गरे, सुरुका दिनमा अलि बढी दुःख गर्नुपर्यो, तर बिस्तारै बाख्रा पनि राम्रो हुँदै गयो । अहिले पाँच-छ जना कर्मचारीलाई रोजगारीसमेत दिएको छु मल्लले बताए । छोरालाई पनि भेटेनरी डाक्टर बनाउन पढाइरहेको छु । जसले गर्दा बाख्रापालन व्यवसायमा समेत छोराको सहयोग पुगोस् ।
कर्मचारीलाई मासिक ७२ हजार रुपैयाँ खर्च हुने श्रीमती लक्ष्मी मल्लले बताइन् । उनले भनिन् ‘श्रीमान्ले बिहान–बेलुका बाख्रा, मौरी, कुखुरालगायतको काम आफैँ गर्नुहुन्छ, त्यसपछि खाना खाएर वडा कार्यालय जानुहुन्छ । उहाँ गएपछि मैले नै बाख्राको स्याहारसुसार गर्छु ।’ घरनजिकैको जमिनमा उनले घाँस खेती लगाएका छन् । बडहरे, डालेघाँस, बकाइनो, पाखुरी, निवारो, राईखनियो, नेपिएर, किम्बुलगायतका विभिन्न घाँस लगाइएको छ । बाख्राका लागि चारवटा छुट्टाछुट्टै खोरको व्यवस्था मिलाइएको छ । फार्ममा हालसम्म ३ करोड रुपैयाँ लगानी गरिएको छ ।
अहिले कृषक मल्लको फार्ममा बाख्रासँगै मौरी, कुखुरा र दुईवटा अस्ट्रिचसमेत छन् । फार्म अवलोकन गर्न आउनेहरूलाई त्यहाँको मनोरम दृश्यमा रमाउन आफैँले होमस्टेको समेत व्यवस्था मिलाएका छन् । ककफाइट नाम दिएर दुई वर्षअघिदेखि पर्यटक भित्र्याउन बसोवासको व्यवस्था मिलाएका हुन् ।
फार्ममा अस्ट्रेलियन र अमेरिकन जातको बाख्रापालन गरिएको छ । उनी बिहान–बेलुका कृषिमा तल्लीन हुन्छन् भने दिउँसो स्थानीयको सेवामा रहन्छन् । फार्ममा हाल १ सय ५० बाख्रा र ५० पाठापाठी छन् ।
मल्ल व्यवसाय गरेर आम्दानी मात्र नभई स्थानीयका लागि उदाहरणीयसमेत बनेका छन् । सोहीकारण मल्लले युवा स्वरोजगार पुरस्कार, गट मिसन पुरस्कार र ०७४ मा राष्ट्रपति पुरस्कार समेत पाइसकेका छन् ।
बाख्रा संगै होमस्टे र माछा पालन
बाख्रा पालन सुरु गरेपछि बाख्रा देशका विभिन्न टाढा टाढा स्थानबाट बाख्रा अवलोकन गर्न आउने र उक्त स्थानमा व्यवस्थित रेस्टुरेन्ट तथा लाजहरु नभएको हुँदा होमस्टे समेत संचालन गरेको मल्लले बताए । अहिले सामुदायिक होमस्टेमा १८ घर रहेको र आफ्नो छुट्टै होमस्टे समेत रहेको मल्लले जानकारि दिए । विदेश जानुपर्दैन यहि आफ्नै ठाउँमा पसिना बगाउने हो भने यहि पैसा कमाउन सकिन्छ वडाअध्यक्ष मल्ल बताउछन ।
कृषि लाई नै मुख्य प्राथमिकतामा राखेको वडाअध्यक्ष मल्लले बताए । कृषि र पर्यटन नै नेपालको मुख्य आर्थिक स्रोतको माध्यम भएको हुदाँ यसलाई मुख्य जोड दिएको मल्लले बताए । पानिको सदुयोग गर्दै मावर जातको १ हजार माछा पालेको मल्लले बताए ।
दुध दुहुने बाख्रा
मल्लले आफ्नो फर्ममा दुध दुहुन मिल्ने अर्थात अन्य सामान्य बाख्रा भन्दा बढि दुध दिने बाख्रा समेत पालेका छन । दैनिक एउटा बाख्राबाट ३ लिटर सम्म दुध दोहेको र उक्त दुधबाट चिज बनाउने गरेको मल्लले बताए ।
‘मेरो मुख्य उद्देश्य भनेकै एग्रो टुरिजम हो,त्यसले गर्दा बाख्राको दुधको चिजहरु बनाउन थालेको हो’, मल्लले भने,’नेपालको चित्लाङ्गमा अशोक सेन ठकुरीले गरेको र त्यसपछि आफुले पनि उक्त कार्य गरेको हो ।’ अन्य बोर बाख्रामा पाठापाठी लाई दुध नपुगेको खण्डमा उक्त दुध खुवाउने गरेको उनले बताए । दुध एकदमै मिठो र स्वास्थ्य लाई समेत राम्रो हुने मल्लले बताए ।
सम्बन्धित खबर
१३औं पोखरा महोत्सवको सह–प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स
पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न
पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित
अर्जुनचौपारी दरौंखोलामा छाडियो ८० हजार माछाका भुरा
स्याङ्जा पत्रकार महासंघको अध्यक्षमा कोइराला निर्वाचित
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो