पोखरा । पोखराको शान्तिघाट स्थित सेतीनदी किनारमा वातावरण मैत्री शवदाह गृह निमार्ण भएको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे ।
एभरेष्ट बैंक लिमिटेडको सहयोगमा बनेको आधुनिक शवदाह गृहमा एउटा शव जलाउन एक सय केजी दाउरा र एक घण्टा २० मिनेट मात्र लाग्ने बैंकका निर्देशक डा. बालगोपाल बैद्यले जानकारी दिए । उनले बैंकको सामाजिक उत्तरदाइत्व अन्तरगत पोखरामा निर्माण गरेको र अन्य ठाउँमा पनि शवदाह गृह निमार्ण गर्ने बताए ।
करिब ६० लाख रुपैयाँ लागतमा निर्माण भएको शवदाह गृहको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शवदाह गृहको व्यवस्थित सञ्चालनका लागि कार्यविधि तय गरिने बताए ।
उनले बातावरण संरक्षणका साथै वन पैदावारको जर्गेनामा पनि सहयोग पु¥याउने बताए । असार महिना भर शवदाह गृहमा जलाउन लाग्ने खर्च पोखरा महानगरपालिकाले व्यहोर्ने उनको भनाई छ । पोखरामा व्यवस्थित शवदाह गृह नहुँदा शव जलाउन कठिनाइ हुँदै आएको थियो ।
शवदाह गृहमा जलाउदा परम्परागतभन्दा थोरै दाउरामा जालउन सकिने छ । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले वातावरणको सुन्दरतालाई क्षयीकरण हुन नदिन सबैको सचेतना अपरिहार्य भएको बताए । वातावरण मैत्री शवदाह गृह निर्माणसंगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ