तनहुँमा पावर टेलरमा ठोक्किएर घाइते २२ वर्षीय सुजनको पोखरामा उपचार हुँदै

तनहुँमा पावर टेलरमा ठोक्किएर घाइते २२ वर्षीय सुजनको पोखरामा उपचार हुँदै

accident pic symbol

photo accident symbol

तनहुँको ब्यास नगरपालिका ३ स्थित भित्री सडक खण्डमा पावर टेलर र स्कुटर ठोक्किँदा बिसघरेका २२ वर्षीय सुजन आले घाईते भएका छन् ।

दमौली बजारबाट बिसघरे तर्फ जाँदै गरेको ग ११ प ८२२४ नं. को स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको ग १ त २८४६ नं. को पावर टेलर एकआपसमा ठक्कर खाँदा स्कुटर पछाडि सवार सोहि स्थानको बिसघरे बस्ने आले घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ