तनहुँः बाख्रा चराउन गएकी घिरिङकी ६० वर्षीया बृद्धाको हत्या आरोपमा भारतीय पक्राउ

तनहुँः बाख्रा चराउन गएकी घिरिङकी ६० वर्षीया बृद्धाको हत्या आरोपमा भारतीय पक्राउ

kaidi minaha

तनहुँको घिरिङ गाउँपालिका वडा नं. ४ पुर्कोटका बृद्धाको हत्या आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीयले नै हत्या गरेको दाबी गर्दै भारतीय नागरिकलाई प्रहरीसामु बुझाइदिएका हुन् । बाख्रा चराउन गएकी ६० वर्षीया बृद्धा कुन्तामाया थापाको हत्या भएको थियो ।

उनको हत्या सोहि भारतीय नागरिकले गरेको स्थानीयको ठम्याई छ । यस सम्बन्धमा अनुसन्धान भईरहेको तनहुँ प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका भारतीय नागरिकको परिचय खुलाइएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ