पोखराको बुलौदी पुलमा कार दुर्घटना, पर्खालले रोक्दा ठूलो क्षतिबाट जोगियो

पोखराको बुलौदी पुलमा कार दुर्घटना, पर्खालले रोक्दा ठूलो क्षतिबाट जोगियो

car-accident-2

पोखरा । पोखरा महानगरपालिका ६ र ७ को सीमा बुलौदी पुलमा कार दुर्घटना भयो । सोमबार विहान करिब साढे दुई बजेको समयमा दुर्घटना भएपनि पर्खालले रोक्दा ठूलो क्षति हुनबाट जोगिएको छ ।

पोखरा हल्लनचोकबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग३च ६० नम्बरको कार दुर्घटनामा परेको हो । कार पुलको बीचमा रहेको डिभाइडर जोगाउन खोज्दा अर्को साइडको पुलको पर्खालमा ठोक्किन पुगेको छ ।

कार पर्खालमा अल्झिएका कारण बुलौदी खोलामा खस्नबाट जोगिएको हो । कारमा सवार कसैलाई पनि केही भएको छैन । कारलाई राती नै हटाउन नसकिएपछि बिहान क्रेनको सहायताले सडकमा सारिएको थियो ।

घुमाउरो बाटो र पुल साँघुरो हुदाँ बीचमा रहेको डिभाइडरमा सवारी ठोक्किने गरेको छ ।

गन्थनबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ