तनहुँ । मिस तनहुँ २०१९ को ताज आकृती श्रेष्ठले जितेकी छिन । डुम्रेकी १८ वर्षीया आकृती श्रेष्ठले ८ जना आफ्ना प्रतिस्पर्धीहरु लाई पछि पार्दै उपाधी हात पारेकी हुन ।
डाँफे मल्टिमिडियाको आयोजनामा शनिबार साझ दमौली उक्त कार्यक्रम भएको हो ।
त्यस्तै प्रतियोगितामा फस्ट रनरअप अनिता थापा मगर, सेकेन्ड रनरअप अस्मिता मजकोटी र भ्युवर च्वाइस अवार्ड भने नमिता सुन्दासले जितेकी छिन ।
प्रतियोगिताकी विजेता श्रेष्ठले यामाहाले फ्यासिनो स्कुटर संगै एनसिएस एजुकेसन फाउन्डेसनको तर्फबाट १५ हजार बराबरको प्याकेज र मायाको चिनो प्राप्त गरिन । र अन्य फर्स्ट रनरअप, सेकेन्ड रनरअप र भ्युवर चोइसले पनि एनसिएस एजुकेसन फाउन्डेसनको तर्फबाट १५ हजार बराबरको प्याकेज प्राप्त गरेका छ्न । र बाकी ५ जना अन्य प्रतियोगिले पनि एनसिएस एजुकेसन फाउन्डेसनको तर्फबाट १० हजार बराबरको प्याकेज प्राप्त गरेका छ्न ।
उक्त प्रतियोगिताको निर्णायकहरुमा मिस नेपाल २०१४ की विजेता सुबिन लिम्बु, सम्पदा नेपालका अध्यक्ष हरि सिं गुरुङ र कलाकार एवं मोडल अनिल अधिकारी रहेका थिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
विभिन्न जातजातिका भेषभुषा लाई विशेष प्राथमिकता दिएर जातीय पहिचान झल्कने पहिरन प्रतियोगिहरुले लगाएका थिए ।
लुकेर रहेकोमा नारी प्रतिभा लाई प्रस्फुटन गर्न उक्त प्रतियोगिता आयोजना गरिएको डाफे मल्टिमिडियाकि अध्यक्ष सन्जु घलेले बताईन । कार्यक्रमको मुख्य प्रायोजन यामाहाले गरेको थियो ।
कार्यक्रमको संचालन यकिन गुरुङ र सुदिप पौडेलले गरेका थिए । उक्त प्रतियोगिताको फोटोग्राफी पार्टनरको रुप आगमन फोटोग्राफी रहेको थियो ।
विजेताहरु लाई पन्चे बाजा सहित आइतबार दमौली बजार परिक्रमा गराइएको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’