तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले १६ महिना पछि खुकुरी प्रहार गरि फरार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको भिमाद नगरपालिका वडा नं ६ सबाट म्याग्दे गाउँपालिका वडा नं ५ थाङ्दीका वर्ष २० का बिशाल सुनारलाई फेला पारी पक्राउ गरेको हो ।
गत २०७४ फागुन ९ गते म्याग्दे गाउँपालिका वडा नं ६ स्थित पिपलटारमा सन्जिब राई समेतका व्यक्तिहरुलाई धारिलो हतियार खुकुरी समेतले प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सुनार लाई पक्राउ गरेको हो ।
लक्ष्मी राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादीहरुको खोजतलास प्रहरीले जारी राखिएको थियो ।
उक्त घटनामा संलग्न भई फरार रहेका बिशाल सुनार भिमाद एरियामा रहेको भन्ने गोप्य सुचनाको आधारमा मिति गत मंगलबार उक्त क्षेत्रमा प्रहरी परिचालन भई खोजतलास गर्दा सुनारलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
सुनारलाई आबश्यक कार्बाहीको लागि जिल्ला अदालत तनहुँ समक्ष उपस्थित गराईएकोमा अदालतको आदेशानुसार पुर्पक्षको लागि कारागार थुनामा गएको डिएसपी लामिछानेले बताए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’