गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाही घुससहित पक्राउ परेका छन् । गण्डकी प्रदेश मातहत रहेको तनहुँको व्यास ५ चापाघाटमा रहेको सडक डिभिजन कार्यालयका पौडेल र पौडेलसँग मिलेर बिचौलियाको भूमिका खेलेका शाही पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनीहरु दुवैजनालाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ गरेको हो । उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए ।
लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने प्रयोजनका लागि पौडेलले प्रशासनिक खर्चबापत भन्दै घुस रकम लिने क्रममा अख्तियारले पक्राउ गरेको हो ।
सम्बन्धित खबर
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता पोख्रेल मृत फेला
तिनाउ नदीमा डुबेर बागलुङका एक बालकको मृत्यु, एक बेपत्ता
पोखरा १३ : सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
समावेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथि छलफल
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग