मुस्ताङ । प्राकृतिक प्रकोपका कारण आइपर्ने बिपद्लाई सहज रुपमा व्यवस्थापन गर्न सकियोस भन्ने उद्देश्यले मुस्ताङमा विपत ब्यबस्थापन अभ्यासको डेमो प्रदर्शन गरिएको छ । घरपझोङ गाउँपालिका वडा नं. ४ स्थित हुम्दे पाखोमा आयोजित उक्त अभ्यासको संयोजन जिल्ला प्रशासन कार्यालयले गरेको थियो भने सुरक्षा निकाय, रेडक्रस, नागरिक समाज, बिद्यार्थी लगायतले संयुक्त रुपमा बिपद् ब्यबस्थापन अभ्यास गरेका थिए ।
बिपद् कुनै पनि बेला आउन सक्ने र अझ बर्खायामको समयमा संम्भावित जिल्लामा घट्नसक्ने कुनै पनि प्रकारका विपद्लाई सहज रुपमा अवतरण गर्न सकियोस् भन्ने उद्देश्यले डिपो अभ्यास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । गत वर्ष मुस्ताङको थासाङमा बाढी पहिरोले दुःख र सास्ती दिएको अनुवभ सम्झदै क्षेत्रीले कुनै पनि बेला यसप्रकारका घटनालाई सही ढंगले उद्दार, उपचार र राहतमा टेवा पू¥याउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

घरपझोङको हुम्दे पाखोमा आयोजित डेमो रिहर्सलमा प्रारम्भिक उद्दार कसरी गर्ने, घटनाको चारकिल्लालाई कसरी सुरक्षित राख्ने, विपतका बेला स्थानीयसंग कसरी समन्वय गर्ने, विपत् परेका घाईतेलाई कसरी प्राथमिक उपचार गर्ने, पीडितको पुर्नस्थापना कसरी गराउने, गम्भिर घाईतेलाई अस्पताल सम्म कसरी लैजाने, राहत सामाग्री विपत पीडितलाई कसरी बितरण गर्ने । स्थानीय प्रशासनको विपतमा कस्तो भूमिका रहने लगायतको डेमो अभ्यास प्रदर्शन गरिएको थियो ।
कार्यक्रमपछि गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले संम्भावित विपतलाई कसैले टार्न नसकिने उल्लेख गर्दै प्राकृतिक प्रकोप यस्ता घटनालाई सुझबुझ तरिकाले समाधान गर्न पर्याप्त पूर्व तयारी हुनुपर्ने बताए ।
डिमो रियर्सल अनुसार उक्त बस्तीमा १५ घरधुरी रहेको र लगातारको अविरल वर्षाका कारण पहिरो जादा बस्तीका घरहरु पुरीएको र मानवीय जोखिम निम्तिएको देखाईएको थियो । अप्ठ्यारो र खोल्साखोल्सीमा परेका घाईतेलाई माउन्टेन रोपमा उद्दार गरिएको दृष्य र प्रभावित स्थानमा तालिमप्राप्त कुकुरले समेत लाशहरु खोज्ने कामको रमाईलो ढंगले प्रस्तुत गरिएको सो कार्यक्रम जिल्ला स्थित विपत व्यवस्थापन समितिको पहलमा भएको थियो ।

सम्बन्धित खबर
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
यो पनि पढौँ
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
पोखराको छोरेपाटनबाट लागू औषधसहित ३ जना पक्राउ