यातायात कार्यालयमा बुझाउने सवारी कर बढ्यो, नम्बर स्थानान्तरण गर्दा २५ प्रतिशत छुट

यातायात कार्यालयमा बुझाउने सवारी कर बढ्यो, नम्बर स्थानान्तरण गर्दा २५ प्रतिशत छुट

car bike yatayat

पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकी पुगेर तपाईंले आफ्नो सवारी साधनको कर कति बुझाउँदै गर्नुभएको छ ? अब नयाँ आर्थिक वर्ष सुरु भएपछि ५ प्रतिशतसम्म कर बढेको छ । गत वर्षको तुलनामा अब आफ्ना सवारीहरुको दर्ता शुल्क तथा करमा वृद्धि भएको हो ।

गत वर्ष १२५ सिसीसम्मको मोटरसाइकलले वार्षिक २ हजार ५ सय रुपैयाँ सवारी कर तिरे पुग्नेमा अहिले एक सय रुपैयाँ बढी तिर्नुपर्छ । निजी सवारी साधन चलाउनेले कम्तिमा १ हजारदेखि बढीमा २ हजारसम्म शुल्क बढी तिर्नुपर्छ । इञ्जिन क्षमता (सिसि) को आधारमा कर बुझाउनुपर्नेछ ।

गण्डकी प्रदेश सरकारले निजीसँगै भाडाका सवारीसाधनको कर पनि बृद्धि गरेको हो । तर, अन्य स्थानबाट यहाँ सवारीको नम्बर स्थानान्तरण गर्दा भने गण्डकी सरकारले २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । भन्सार बिन्दुबाट सोझै यहाँ स्थित यातायात कार्यालयमा दर्ता हुन आएका सवारीलाई समेत कर तथा दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था प्रदेश सरकारको बजेटमै उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ