किरण श्रेष्ठ, तनहुँ । सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको विरोधमा उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।
उनीहरुले आइतबार तनहुँ उद्योग वाणिज्य संघदेखि जिल्ला प्रशासन कार्यालय तनहुँ सम्म विरोध र्याली निकालेका हुन् ।
र्याली पश्चात व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारि रुद्र प्रसाद पण्डितलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारि पण्डितले व्यवसायीहरुले बुझाएका ज्ञापनपत्र संघीय सरकारलाई आज नै पठाउने बताए ।
व्यवसायीहरुले सरकारले आर्थिक वर्ष ०७६/७७ मा भेहिकल एण्ड कन्साइमेण्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लगायत प्रावधानहरु खारेज गर्नुपर्ने अडान राख्दै आएका छन् ।
आइतबार तनहुँ उद्योग वाणिज्य संघबाट निस्किएको व्यवसायीहरुको बिरोध र्याली जिल्ला प्रशासन नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले सरकारले ल्याएका ऐन अव्यवहारिक भएको बताए । उनले सरकारले लागू गरेको प्रणालीका विषयमा व्यवसायीहरु नै अनविज्ञ रहेको बताउँदै विना तयारी र व्यवसायीहरुलाई जानकारी नै नदिएर लागू गरिएको प्रणालीले समग्र अर्थतन्त्र प्रभावित हुने बताए ।
हेर्नुस भिडियो:
https://m.facebook.com/story.php?story_fbid=1104450239747227&id=726047900920798
सरकारले एक्कासी अव्यवहारिक नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेकोले विरोधमा उत्रनु परेको तनहुँ उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष वैकुण्ठ मिश्रले बताए ।उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देव कुमार श्रेष्ठले सडक आन्दोलन नगरी सरकारले नसुन्ने भएकोले बाध्य भएर सडमा आउनुपरेको बताए ।
‘सरकारले आन्दोलनबाहेक अरुबाट सुन्दैन, त्यसैले बाध्य भएर सडकमा आउनुपरेको छ’ उनले भने ‘आगामी दिनमा धर्ना बस्नुपर्ने हुन सक्छ।’संघका पूर्वअध्यक्ष मंगल प्रसाद श्रेष्ठले उद्योग वाणिज्य क्षेत्रलाई धराशायी बनाउने हिसाबले सरकारले काम गरेको आरोप लगाए । सरकार सुन्ने गरेर सडक बाटै आन्दोलन गरेको समेत उनले बताए ।
सम्बन्धित खबर
अर्जुनचौपारी दरौंखोलामा छाडियो ८० हजार माछाका भुरा
स्याङ्जा पत्रकार महासंघको अध्यक्षमा कोइराला निर्वाचित
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकीका डिआइजी दुर्गा सिंहसहित नेपाल प्रहरीका १० डिआइजी सरुवा
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत