दमौली । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको हो ।
नेकपा तनहुँको इन्चार्जमा हरिबहादुर चुमान चयन भएका छन् । चुमान गण्डकी प्रदेश प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् । त्यसैगरि तनहुँ जिल्लाको सह-इन्चार्जमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ(पिएल) चयन भएका छन ।
४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा परेको छ । काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा परेको छ भने भक्तपुर र ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ । प्रधानमन्त्री निवास बालुवाटार आइतवार अपरान्ह बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन गर्ने सन्दर्भमा इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको बैठकपछि नेकपा नेता बामदेव गौतमले बताए ।
साबिक एमाले र माओवादीका जिल्ला इन्चार्जहरुलाईनै इन्चार्ज र सहइन्चार्जको भूमिका दिइएको र कतिपय जिल्लामा नयाँले जिम्मेवारी पाएको बताइएको छ । पार्टीका ३२ वटा विभागका प्रमुख र उपप्रमुख भने मंगलवारको बैठकबाट टुंगो लगाउने नेकपाको तयारी छ । विभागहरुको सन्दर्भमा भने छलफल अझै आवश्यक परेको नेताहरुले बताएका छन् ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन