तनहुँ । तनहुँमा सवारी दुर्घटनाको आँकडा डरलाग्दो छ । मुलुककै एक मुख्य राजमार्ग पृथ्वी राजमार्गको ठूलो क्षेत्र तनहुँमा रहेकाले पनि सवारी दुर्घटनाको संख्या धेरै र बढी मान्छेको मृत्यु भएको हो । पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार १०६ दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । २०७५ साउनदेखि २०७६ असार मसान्तसम्मको अघिल्लो वर्ष दुर्घटना र मृत्यु हुनेको संख्या थोरी बढी थियो । आर्थिक वर्ष २०७४ ७५ मा ११२ दुर्घटना भएको थियो भने ६५ जनाको मृत्यु भएको यिो ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए ।
एक वर्षघर घाईते भएकामध्ये ११८ गम्भिर हुन् भने ७१ जना सामान्य घाईते भए । दुर्घटनामा मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जीप तथा कार, ११ ट्रक। टिपर र नौ माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।
डेढ करोड बढि राजश्वमा योगदान
जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँले आर्थिक वर्ष ०७५र७६मा डेढ करोड बढी राजश्वमा योगदान गरेको छ ।२६ हजार ६४६ चालक कारबाहीमा पर्दा एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको प्रमुख अधिकारीले जनाए । आर्थिक वर्ष ०७४र७५ मा भने एक करोड ६९ लाख २६ हजार ५ सयराजश्व सङ्कलन गरेको जनाएको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’