पोखरामा अब न्यू इयरमा ‘आतसबाजी’ गर्न पाईने तर मापदण्ड बनाएर

पोखरामा अब न्यू इयरमा ‘आतसबाजी’ गर्न पाईने तर मापदण्ड बनाएर

Aatasbaji

सन् २०१९ को न्यू इयरमा आतसबाजी गरिएन । अघिल्लो वर्षहरुबाटै विरोध भईरहेको थियो तर अदालतमा रिट नै परिसकेपछि फैसला नभएकाले यस पटक आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले अंग्रेजी नयाँ वर्षका बेला आयोजना गर्दै आएको सडक महोत्सवमा आतसबाजी गन पाएन । अब भने मापदण्ड बनाउनुपर्ने निर्देशनात्मक आदेश गरेको उच्च अदालत पोखराले गरेको छ ।

त्यसबेला परेको रिट भने समय सान्दर्भिकता सकिएको भन्दै अदालतले खारेज गरेको गरेको छ । अदालतको अन्तिम आदेश वैशाख २५ गते आएको थियो तर त्यसै रिटमाथि अदालती आदेशको पूर्णपाठ हालै आएको हो ।
न्यायाधीशद्वय विनोदप्रसाद शर्मा र तेजबहादुर कार्कीको इजलासले फेवाताल र वरपरका जीवजन्तुलाई सहनयोग्य ध्वनि र आतसबाजी गर्ने पटाकाको गुणस्तरबारे विज्ञबाट अध्ययन गराउन पोखरा महानगरपालिका र रेबानलाई परामादेश गरेको गरेको छ ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका रामबहादुर पौडेलले रेबानका अध्यक्ष बुधबहादुर भुजेल (भीमसेन) समेतलाई विपक्षी बनाएर गएको पुस ५ गते रिट दायर गरेका थिए। २०७६ को वैशाख २५ मात्रै उक्त रिटमाथिको अन्तिम आदेश अदालतले गरेको थियो। पूर्णपाठ भने त्यही २५ गतेकै मिति उल्लेख गरी साउन पहिलो साता आएको समाधान दैनिकले समाचार छापेको छ ।

अदालतको परमादेशको पूर्णपाठमा सरोकारवाला पक्षसँग छलफल गरी विज्ञहरूहरूबाट असोज मसान्तसम्म अध्ययन गराउनू भन्ने उल्लेख छ। ‘पर्यावरणलाई प्रतिकूल असर पर्न दिन नहुने, जैविक विविधता र विविध प्रजातिको बासस्थानलाई प्रतिकूल असर पर्न दिन नहुने अवस्थासमेतलाई ध्यानमा राखी कुन स्तरसम्मको ध्वनि र अन्य निष्कासन, माछा, चरा लगायतलाई सहनयोग्य हुनेछ भनी सरोकारवालासँग छलफलसमेत गरी विज्ञहरूबाट असोजसम्म अध्ययन गराई’, पूर्णपाठमा उल्लेख छ, ‘अध्ययनबाट देखिनसक्ने सीमाभित्र रही कानुनबमोजिमको अनुमति लिईमात्र आतिसबाजी गर्ने कार्य गर्नु गराउनू भनी निर्देशनात्मक आदेश छ।’

अदालतले आदेशको पूर्णपाठमा अमेरिकी रसायन समाजले सन् २००७ मा गरेको अध्ययन लगायत अनुसन्धानहरूलाई समेत उद्धृत गरेको छ। अमेरिकी अध्ययन अनुसार ठूलो आवाजमा भएको आतिसबाजीको आवाजले चराहरू कहिलेकाहिँ मर्ने अवस्थामा सम्म पुग्ने गरेको उल्लेख छ।

‘युएस जिओलोजिकल सर्भे एन्ड नेसनल पार्क सर्भिसले सन् २०११ देखि १५ सम्म गरेको अध्ययनमा आतसबाजी गरिएको १०६ स्थानको पानीको नमुना र ११ स्थानको माटोको नमुनामा पक्र्लोरेट र धातुको अंश भेटिएको छ’, पूर्णपाठमा उल्लेख छ, ‘क्यालिफोर्निया मा सन् २००६ मा र सिवल्र्डस्यान्डियोमा हुने गरेको आतसबाजी मुद्दाबाट रोक लगाइएको थियो। हवाई र पर्ल्सिटीमा आतसबाजीको कारणले वायुको गुणस्तरमा ह्रास आएको प्रतिवेदनहरूबाट देखिएका छन्।’

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका पौडेलले वातावरणमा असर गर्ने र फेवातालका माछा तथा वरिपरिको जंगलका चराचुरुंगी एवं जीवजन्तुमा असर गर्ने हुँदा आतसबाजी गर्न रोकिनुपर्ने मागसहित रिट हालेका थिए। रिटको पक्षमा वरिष्ठ अधिवक्ताद्वय तिलक पराजुली र विश्व घिमिरे, अधिवक्ता सुरेन्द्र थापामगरले पैरवी गरेका थिए।

रेबानले सिड्नी, न्युयोर्क, लन्डन र टोकियो लगायत सहर र समुद्री किनारहरूमा आतसबाजी हुँदै आएको भन्दै पोखराको बैदाममा पनि आतसबाजी गर्दा जलचर र थलचरलाई असर नपर्ने दाबी गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ