पोखरा । गण्डकी प्रदेश सरकारले अहिले स्थानीय जनप्रतिनिधिदेखि प्रदेश सांसद र सरकारमा सहभागी मन्त्रीसमेतको सेवा सुविधा बढाएको छ । यसका लागि गत असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो । तर ऐनमै ब्यवस्था नभएको पदमा समेत राजपत्रमा सेवा सुविधा तोकेर राजपत्र प्रकाशन गरिएको छ । यो सरकारको गम्भीर त्रुटी हो ।
प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐनले प्रमुख सेचतकको परिकल्पना गरेको छैन । तर २५ असारको मन्त्रीपरिषदले प्रमुख सचेतकको ब्यवस्था गरिदिएको छ । नयाँ पद ऐनमा उल्लेख नभएसम्म मन्त्रीपरिषद्को एकल निर्णयले सुविधा थपघट गर्न मिल्दैन । सरकारले असार २५ गते बैठक सकेलगत्तै राजपत्र प्रकाशन ग¥यो, तर त्रुटीपूर्ण ।
यसअघि ‘दलका सचेतक’ मात्र रहेको गण्डकीमा ऐन संशोधन भएपछि प्रमुख सचेतक पद थपिने छ । सरकारले प्रमुख सचेतकलाई संसदमा तेश्रो मर्यादामा राखेर सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । सबैभन्दा पहिले सभामुख, त्यसपछि उपसभामुख र बिपक्षी दलका नेता एउटै श्रेणीमा छन् । चौंथोमा समितिका सभापति छन् भने पाँचौमा दलका सचेतक र छैठौं मर्यादामा सांसदहरु छन् ।
प्रमुख सचेतकलाई ४९ हजार पारिश्रमिक दिईने छ भने सचेतकले यसअघिकै ४७ हजार तलव छ । सचेतकहहरुले गाडी सुविधा पनि लिएका छन् । प्रमुख सचेतकका लागि मात्रै सरकारलाई थप ११ लाख ७६ हजार रुपैयाँ भार बढ्ने छ । उनीहरुको सुविधामा आवश्यक बजेट सरकारले ब्यवस्था गरिसकेको छ । तर यो सुविधा पाउनका लागि सदनबाट ऐन संशोधन हुनुपर्छ । ऐनमा समावेश भएका सेवा सुविधा हेरफेर गर्ने अधिकार चाहीँ सरकारसँग छ ।
हाल सचेतककै सुविधा लिएर दुवै पार्टीका प्रमुख सचेतकले काम गरिरहेका छन् । राजपत्र प्रकाशन गर्न हतारो गरेकोमा प्रदेश सांसद हरिशरण आचार्यले आपत्ति जनाए । ‘ऐन संशोधन हुन सदनमा भर्खर आएको छ । सदनमा छलफल भएकै छैन । तर सरकारले क्याविनेटबाट निर्णय गरेकै दिन राजपत्र प्रकाशन गरेछ,’ उनले भने, ‘संसदको मर्यादा नराख्ने भए यो नाटक किन गरियो ? राजपत्रमा प्रकाशन गरेर अहिले सदनमा छलफल गर्नुपर्ने कारण के हो ?’
कानुनमन्त्री हरिबहादुर चुमानले त्रुटी भएको स्विकारेपनि सामान्य रुपमा लिए । ‘प्रमुख सचेतक राख्नु गल्ती हो तर यसले खासै समस्या हुँदैन,’ उनले भने, ‘हतारोमा काम गर्दा त्रुटी भएछ । प्रमुख सचेतक राख्नु हुन्थेन ।’ जनप्रतिनिधिको सेवा सुविधाबारे संशोधित ऐन अहिले प्रदेशसभामा सामान्य छलफलपछि विधायन समितिमा पठाईएको छ ।
डिएनए नेपालमा न्यूज छ ।
सम्बन्धित खबर
फेदीखोलामा पाँचौ कृषि मेला सम्पन्न, ८५ कृषक पुरस्कृत
भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा
लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९ जना चालक पक्राउ
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे