पोखरा । राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो ।
पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले मुटुरोग, मधुमेह, टिजी लगायतका विषयमा प्रकाश पारे । उनले खानपान र जीवनशैली सुधार्दै रोग लाग्नुपूर्व नै सावधानी अपनाउन आग्रह गरे ।
डा. काफ्लेले मधुमेह, टिजी, प्रेसर, थाइराइड जस्ता रोग लागे वेवास्ता नगर्न र जीवन नै सकियो भन्ने पनि नसोच्न आग्रह गरे । उनले भने, ‘रोग लाग्दैमा जीवन सकियो भन्ने सोच्ने पनि होइन, उपचारै नगरी ठीक हुन्छ भनेर बस्ने पनि होइन ।’ समय समयमा रगत जाँच र चिकित्सकको परामर्श लिएर रोग लाग्नै नदिन उनले सबैलाई आग्रह गरे ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य सेवाको क्षेत्र भएकाले आफूहरुले शिविर, सचेतना र सर्वसाधारणलाई सुलभ सेवालाई प्राथमिकतामा राखेको बताए । हालसम्म ७३ निशुल्क शिविर गरी ५० हजारभन्दा बढीलाई सित्तैमा सेवा दिइसकेको उनको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजु सुवेदीले पनि बोलेका थिए ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा