तनहुँ । अज्ञात समूहले तनहुँको घिरिङ गाउँपालिका–२ घोर्लीछापमा रहेको एनसेलको टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अज्ञात समूहले बुधबार राती करिव ११ बजे घोर्लीछापको टावरमा आगजनी गरी क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार एनसेलका टेक्निसियनले आगलागीका बारेमा जानकारी दिएको हो ।
अन्य जिल्लामा जस्तै तनहुँ प्रहरीले पनि विप्लव नेतृत्वकै माओवादीले आगोलागीको घटना घटाएको अनुमान लगाएको छ । आगजनी गर्ने समूहको खोज तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गण्डकी प्रदेशका सातवटा जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलका टावरमा अज्ञात समूहले आगजनी गरेको छ । तनहुँसंगै अज्ञात समुहले गोरखा, कास्की, पर्वत, म्याग्दी, नवलपुर र बाग्लुङ्गका विभिन्न स्थानमा रहेको एनसेलका टावरमा आगजनी गरेका छन ।
तर, हालसम्म टावरमा आक्रमण गर्ने को ? भन्ने बारे प्रहरीले केही बताएको छैन । यसअघि नेपाल बन्दको समयमा नेकपा विप्लव समूहले यस्तो गतिविधि गर्दै आएको थियो । विप्लव समूहले पनि अहिले घटनाको जिम्मेवारी लिएको छैन ।
तर, प्रहरी स्रोतले भने नेपालमा अहिले विप्लव समूहले मात्र यस्तो काम गर्दै आएको दाबी गर्दछ । देशभरका विभिन्न जिल्लाका दुर संचार प्रदायक संस्थाको टावरमा आक्रमण भएको छ । क्षति पु¥याएको मध्ये अधिकांश स्थानका एनसेल टावरमा आक्रमण भएको हो भने अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’