नवलपुरको गैंडाकोटमा बेवारिसे शव फेला

नवलपुरको गैंडाकोटमा बेवारिसे शव फेला

death

नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नंं ८ स्थित विजयचोक नजिक आज शुक्रबार एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ३५–४० वर्षको एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो । बिहान करिब ८ बजेको समयमा बाँझो खेतमा भैंसी चराउन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा अन्दाजी ५ फिट ५ इन्च उचाई रहेका पुरुष व्यक्ति रहेका छन । कालो पाइन्ट र सेतो बुट्टे सर्ट, कालो गलबन्दी र मेजिक चप्पल लगाएको अवस्थामा विजयचोकबाट करिब ५० मिटर दक्षिण पश्चिम तर्फको बाँझो खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी गराएको छ ।

शव हेर्दा ५–७ दिन पहिले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । शव कुहिन थालिसकेको र किरा लागेको अवस्थामा फेला परेको हो । पहिचान हुन नसकेको शवको बारेमा थप अनुसन्धान शुरु गरीएको र पोस्टमार्टमको लागी शवलाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ