तनहुँ । गण्डकी प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँका कर्मचारीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका छन् । अघिल्लो आर्थिक वर्षमा नियुक्त गरिएका ३८ प्राविधिकहरुले जानकारी बिना जागिर खोसिएको भन्दै मुख्यमन्त्री गुरुङलाई उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्री परिषदबाट मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालनको लागि आर्थिक वर्ष २०७५/७६का लागि करारमा भर्ना लिइएका कर्मचारीले बिना पेश्की करिब २५ लाख रुपैयाँ बराबरको काम सकाइसकेको अवस्थामा बिना जानकारी हटाइको प्रति ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाइएको छ ।

करारमा काम गरिरहेका कर्मचारीलाई बिना जानकारी हटाएर नयाँ विज्ञापन खुलाइएकोप्रति आपत्ति जनाएका
कृषि गाउँ कार्यक्रममा काम गरिरहेका कर्मचारीलाई नै बिना कुनै परीक्षा र अन्तवार्ता बिना राखिनुपर्र्नेे तथा हटाउनुको कारण सहित जानकारी गराउन माग गर्दै उनीहरुले मुख्यमन्त्री गुरुङ ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेशका ३६ निर्वाचन क्षेत्रमा भइरहेको मुख्मन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम अपुरो र विचल्लित भएको समेत उनीहरुले मुख्यमन्त्री, मुख्य सचिव, प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालय एवं सरोकारवालाहरुलाई मुख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रमका संयोजक विकास कुमार श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जानकारी गराइएको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषि मन्त्रालयबाट योग्य कर्मचारीलाई राखी अयोग्य कर्मचारीलाई हटाउने उद्देश्यले विज्ञापन गराइएको जानकारी दिए ।
मुख्यमन्त्री गुरुङका अनुसार योग्य कर्मचारीलाई प्राथमिकता दिइने र अयोग्य कर्मचारीलाई हटाइनेछ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस