पोखरामा गुड्ने यात्रुबाहक सवारी साधनमा यात्रुसंग मनलाग्दीढंगले भाडा असुल गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न विद्यार्थीले माग गरेका छन् । नेकपा निकट अनेरास्ववियुका कास्की नेता शेखर गौतमको नेतृत्वमा गएको विद्यार्थी टोलीले सोमबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई यस्तो माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा लामो तथा छोटो दुरीका सवारी साधनमा यसअघि प्रदान गर्दै आएको जेष्ट नागरिक, अपांगता भएका, विद्यार्थी र जनआन्दोलनका घाइते लगायतलाई दिइएको छुट कायम राख्न माग गरिएको छ । यसैगरी पोखरामा चल्ने माइक्रो र ट्याक्सीले यात्रु ठग्ने गरेको तथ्य सहित उपस्थित विद्याथीहरुले लामो समयसम्म यातायात क्षेत्रमा अनुगमन नगरिएको बताए ।
यात्रुसंग १० किलोमिटरको दुरीमा ४० रुपैयाँसम्म भाडा असुल गरिएको, पोखरा देखि काठमाडौंसम्मको भाडा दर चार सय २८ रुपैयाँ रहेकोमा डिलक्स र सुपरडिलक्स बसले त्यसको २० प्रतिशतसम्म थप लिन पाउनेमा यात्रुसंग दुई हजार दुई सयसम्म असुल गरिएको, ट्याक्सीले मिटरमा उठेको पैसा नभई बार्गेनिङका आधारमा पैसा असुल्ने गरेको हुँदा यसो गर्नेलाई कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ । त्यसैगरी लामो दुरीको यातायातका साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्नेमा नराखेको पाइएकोले यस्ता सवारी साधनको रुट प्रमिट खारेज गर्न माग गरिएको छ ।
विद्यार्र्थीहरुले बुझाएको ज्ञापन पत्र बुझ्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले यातायात क्षेत्रमा धेरै नै समस्या रहेको स्विकार गरे । ट्याक्सीमा मिटर चलाउने देखि धेरै समस्याका बारेमा व्यवसायीसंग बस्दा पनि निकास ननिस्केकाले नयाँढंगले समाधानको उपाय खोजिगरिदै गरेको उनले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालय मार्फत पनि जेष्ट नागरिक र अपांगता भएका व्यक्तिले यातायातका साधनमा छुट नपाएको लगायतका समस्या भोगेका बारेमा ध्यानाकर्षण गराईको उनले सुनाए । ‘समस्या धेरै छन्, व्यवसायीसंग धेरै चरणमा छलफल समेत भएको छ, उहाँहरु अहिले समितिबाट कम्पनीमा रुपान्तरण पनि भइसक्नुभएको छ, अब निकास निकाल्न सहज होला, हामी पनि अध्ययन गरिरहेका छौं,’ उनले भने । अबको एक हप्ता भित्रमा यस क्षेत्रका समस्या हल गर्न ठोस कदम चालिसक्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो