तनहुँ । प्रभु बैंकले शाखा विस्तार तीब्र पार्दै तनहुँको डुम्रे बजारमा १९१ औं शाखा स्थापना गरेको छ । प्रभु बैंकले शहरी साथै ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन तनहुँको बन्दिपुर १ डुम्रेबजार शाखाको सोमबार औपचारिक उद्घाटन गरेको हो ।
बन्दिपुर गाउँपालिका वडा न. १ स्थित डुम्रे शाखाको बन्दिपुर गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापाले उद्घाटन गरेका हुन् ।

बैंकका गण्डकी प्रदेश सहायक प्रमुख बिरेन्द्र भट्टले प्रभु बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको र ग्राहक को सेवा सुबिधामा कुनै कसुर बाँकी नराख्ने बताए ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेशका क्षेत्रीय अधिकृत भेषराज धमलाले बैंकको सेवा सुबिधाको बारेमा प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रमको संचालन प्रभु बैंकका गण्डकी प्रदेशका प्रदेश अधिकृत राजु रानाले गरेका थिए।
हाल प्रभु बैंकको देशभरि यस शाखा सहित १९१ शाखा रहेका छन् भने ८ अर्ब ८९ करोड भन्दा बदी चुक्ता पूँजी रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ