तनहुँ । पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व भड्किलो बन्दै गएको छ । महिना दिन अघि देखि ठुला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीजको दर खाने परम्परा नै बसिसकेको छ ।
सोहि कुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन तनहुँले दरखाने नाउँमा तीज पर्वको मौलिकता माथि आँच आउने प्रकृतिका फजुल खर्च, तडकभडक, गरगहना प्रदर्शन र साँगीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदुषणका कार्यहरु नगर्न आग्रह गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सो आग्रह गरेको हो ।
हेर्नुस प्रेस नोट

हरितालिका तीज विशेष गरी नेपाली नारीहरुले भाद्र शुक्ला द्धितीयाका दिन दरखाने र हरितालिका तीजको दिनभर ब्रत बसी भाद्र शुक्ला चतुर्थी ऋषि पञ्चमीका दिन बिहानै धार्मिक रितिरिवाज अनुसार नदिनाला र पानी पधेरोहरुमा नुहाइ त्यस दिनभर पुजा आजा र नाचगान गरी मनाउने यो चाडको मौलिक परम्परा हो ।
पछिल्लो समय तीजका मुख्य दिन आउनु भन्दा हप्तौ अगाडि देखि नै विभिन्न संघ संस्था, क्लब र समूहको नाममा दर खाने र भेटघाट कार्यक्रम राख्ने गरेको गत विगतका केहि वर्षदेखि देखिदै आएको प्रशासनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
चाड पर्वहरु हाम्रो मौलिक परम्परा, संस्कृति, रितिरिवाज र धार्मिक मान्यताको धरोहर भएकाले संरक्षण र संवर्धन गरी मौलिकता तथा सभ्यतालाई जोगाउनु हाम्रो कर्तव्य हुनुका साथै धार्मिक र सांस्कृतिक महत्व बोकेका पर्व र परम्परालाई समयको परिवर्तन सँगै मनाउनु पर्छ ।bhaचाड पर्वलाई निरन्तर मनाउनु सबै नागरिकहरुको दायित्व रहेता पनि विगतका केही वर्ष यता धार्मिक परम्परा, मूल्य मान्यता, सभ्यता, संस्कार र संस्कृति अवमूल्यन हुने गरि चाडपर्वमा देखिने तडकभडकले समाजमा संस्कार र संस्कृतिको जगेर्ना हुनु भन्दा विकृति र विसंगति बढ्दै गएकाले तीज पर्वको मौलिकता संरक्षण जरुरी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने