पोखरा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार हिटलरको पथमा अगाडि बढिरहेको आरोप लगाएका छन् ।
मंगलबार पोखरामा आयोजित ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार अर्पण समारोह’लाई सम्बोधन गर्दै सभापति देउवाले प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गरेको नेपाली प्रेसको अधिकारलाई कुण्ठित गरी मुलुकमा कम्युनिस्ट तानशाही लादेर ओली सरकार हिटलर शैलीमा अगाडि बढेको आरोप लगाएका हुन् ।
‘प्रजातन्त्र र लोकतन्त्रका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रेसलाई निरुसाहित गर्न ओली सरकारले प्रेसविरोधी कानून ल्याएर नियन्त्रण गर्न खोजेको छ,’ देउवाले भने, ‘प्रेसलाई नियन्त्रण गरेर हिटलर शैलीको शासन गर्ने ओली सरकारको सपना कांग्रेसले कुनै पनि हालतमा पूरा हुन दिनेछैन ।’सभापति देउवाले सरकारले संसदमा पेस गर्न लागेको प्रेसविरोधी कानूनलाई कुनै पनि हालतमा पास हुन नदिने दाबी गरे । ‘हामीले कुनै कुर्सी र टेबल नभाँची संसद्बाटै प्रेसविरोधी कानूनलाई फिर्ता लिन बाध्य पार्नेछौं,’ उनले भने ।
http://gandaknews.com/dayashankar/
http://gandaknews.com/thapa-deuba/
सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने