पोखरा । पोखराका चोकहरुमा ट्राफिक लाईट छैनन् । तर अब महानगरपालिकाले १३ औं दक्षिण एशियाली खेलकुदलाई लक्षित गर्दै चारवटा चोकहरुमा ट्राफिक लाईट जडान गर्ने तयारी गरेको छ ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरेर पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । उनले आगामी मंसिर भित्रमा सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँहरुमा सिसिटिभी जडानको योजना समेत बनाउको जानकारी दिए ।
जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए । ‘यातायात व्यवस्थापन सम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने,‘ अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापन सम्बन्धी काम अगाडि बढाईने छ ।’ बजार क्षेत्रभित्र ट्राफिक व्यवस्थापन समस्या बढ्दै गएको छ ।
ट्राफिक व्यवस्थापन सहज बनाउन महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ । महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो ।
जिल्ला ट्राफिक कर्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत रहेपनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको बताए ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु