म्याग्दी । जिल्लाको बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा परेको हो । गम्भिर घाइते भएका तीन जनालाई पोखरा ल्याइएको छ ।
म्याग्दी प्रहरीका अनुसार बेनी नगरपालिका–३ का ७१ वर्षीय डम्मरबहादुर छन्त्याल, ५५ वर्षका रत्नबहादुर खत्री र बेनी–७ मंगलाघाटका २५ वर्षीय विशाल शाक्यलाई पोखरा रिफर गरिएको हो । बेनपा ३ का २० वर्षीय इन्द्र बिक, ४० वर्षीया ज्ञानकुमारी श्रीस, बेनी–७ मंगलाघाटकी २२ वर्षीया शान्त शाक्य, उनकी छोरी साइदा शाक्य, बरंजाका बिक्रम सुनार, ७० वर्षीया ठेगाना नखुलेकी सुवारा सुनार, बागलुङ नगरपालिका–२ की २१ वर्षीय मञ्जु खत्री, बेनी–३ की ३८ वर्षीया भुमिदेवी खत्री र ४५ वर्षका आइतराम वि।कको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
उकालो र साँघुरो सडकमा गाडी ब्याक भएर सडकदेखि २५ मिटर तल खेतमा खसेको प्रहरीको भनाई छ । चालक यामबहादुर श्रीसलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तस्विरः धुव्रसागर शर्मा, म्याग्दी अनलाइनबाट
सम्बन्धित खबर
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
पोखरा १० द्वारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग