तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२, मार्कीचोकस्थित मर्स्याङ्दी नदी बाँधमा बुधबार एक महिला मृतावस्थामा फेला परेकी छन् ।
गोरखा, पालुङ्टार नगरपालिका–३ निवासी ५२ वर्षीया फूलमाया सार्की मृत फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
मंगलबार बिहान करिब ८ बजे घरबाट निस्केकी फूलमाया बुधबार दिउँसो मर्स्याङ्दी नदी ड्याममा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीले लामो समय लगाएर शव बाहिर निकालेको थियो । शव परीक्षणका लागि दमौली अस्पतालमा लगिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
