४५ दिने छोरी र २ वर्षका छोरा सहित नारायणीमा हाम्फालेकी सुधाको उद्धार, छोराछोरीको मृत्यु

४५ दिने छोरी र २ वर्षका छोरा सहित नारायणीमा हाम्फालेकी सुधाको उद्धार, छोराछोरीको मृत्यु

pul

कमला राना । पुर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका स्थित नरायणी नदीमा दुई नाबालक सहित हाम्फालेकी सुधालाई उद्धार गरिएको छ । तर उनका दुई बच्चाको भने मृत्यु भएको छ ।

पश्चिम नवलपरासी पाल्ही नन्दन गाउँपालिका वडा नम्बर ५ निवासी २४ वर्षीय सुधा विश्वकर्माले दुइ नाबालक बालबच्चा सहित नदीमा हाम्फालेकी थिईन् । २७ महिनाको छोरा अविनास विक र ४५ दिनकी छोरी निकिता विश्वकर्मा काखमा च्यापेर त्रिवेणीको व्यारेज पुलबाट नारायणी नदीमा हाम फालेकी थिइन् ।

विश्वकर्मा नदिमा हामफालेको स्थानियले देखेपछि तत्कालै उद्दार गरे पनि उनका दुई छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । लख्खी लोहारकी श्रीमती सुधा विश्वकर्माले घरायसी झगडाका कारण आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ