Gandak News
Our News Your Views
Lets

तनहुँको रामपुर पाल्पाबाट भिमाद आउँदै गरेको बस दुर्घटना, २ जना घाईतेको पोखरामा उपचार

Loading...

तनहुँको भिमाद नगरपालिका २ बोकसाङ स्थित भित्रि सडक खण्डमा बस दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

रामपुर पाल्पाबाट भिमाद तर्फ आउँदै गरेको ना५ख ५०३५ नं.को बसको ब्रेक फेल भई दुर्घटना हुँदा बसमा सवार भिमाद नगरपालिका ६ बस्ने वर्ष १९ को मनोज नेपाली, भिमाद नगरपालिका १ डुम्रेबेशी बस्ने वर्ष २२ की प्रतिक्षा लम्साल घाईते भएका हुन् । अरु सामान्य छन् ।

घाईते दुवैलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

महिनाभर सर्वाधिक पढिएको