पोखरा । गाडी खरिदको होडमा अरु प्रदेशभन्दा गण्डकी पछाडि रह्यो । गएको आर्थिक वर्षमा गण्डकी प्रदेशले १२ करोड ३२ लाख बराबरको सवारी खरिद गरेको छ । तर, सबैभन्दा महंगो गाडी चड्ने मुख्यमन्त्री गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ अगाडि रहे । मुख्यमन्त्री पृथ्वीसुब्बा करिव २ करोड ५० लाखको गाडी चढ्छन् । उनी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले ल्यान्डक्रुजर किनेको हो ।
प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी बनेको भन्दै धेरैले आलोचना गरेका छन् । कतिले त संघीयतामाथि नै प्रश्न उठाएका छन् । तर मुख्यमन्त्री गुरुङ भने ‘केन्द्रमा बस्नेहरु’ले अपमानजनक व्यवहार गरेकाले महंगो गाडी किनेको तर्क गर्छन् ।
प्रदेशका मुख्यमन्त्री काठमाडौं जाँदा थोत्रो गाडी दिने र अपमानजनक व्यवहारको प्रतिरोधले महंगो गाडी खरिद गरेर चढेको उनको स्पष्टीकरण थियो । के थियो त अपमानजनक व्यवहार ? मुख्यमन्त्री गुरुङले एउटा घटना सुनाए:
प्रधानमन्त्रीको नेतृत्वमा बस्ने बैठकमा भाग लिन पोखराबाट काठमाडौं गए । एयरपोर्टबाट गौशला हुँदै जाँदै थिएँ । गौशला नुपग्दै गाडी बन्द भयो । गौशलाको प्रहरी कार्यालयमा मैले चिनेको एक जना डीएसपी थिए । उनलाई बोलाएर, उनैले पिकप गरिदिएर म बैठकमा पुगें । यस्तो अपमानजनक व्यवहार भएपछि म चाहिँ यिनीहरुकै सामु ल्यान्डक्रुजर गाडी चाढेर आउँछु भनेर मैले चढेको हो । नत्र मलाई ल्यान्डक्रुजर प्राडो चड्ने इच्छा थिएन ।
मुख्यमन्त्री गुरुङले काठमाडौं जाँदा ३ जना पनि नअट्ने थोत्रो गाडी दिने गरेको गुनासो पनि गरे । केन्द्रमा जाँदा झण्डावालको साटो अलग नम्बर प्लेट भएको गाडी दिने गरेको भन्दै उनले भने, ‘हामी जाँदा जहिले पनि राष्ट्रिय झन्डा नभएको सानो, थोत्रो गाडी दिने । यसरी अपमानकै कारण ल्यान्डक्रुजर किनेँ ।’
केन्द्रलाई देखाउनै साढे २ करोड पर्ने गाडी नै किन्न जरुरी थियो र ? भन्ने प्रश्नमा उनले मुख्यमन्त्रीले एउटा गाडी चढेको विषयलाई ठूलो बनाउन नहुने तर्क गर्छन् । मुख्यमन्त्री गुरुङ भन्छन्, ‘यो मेरो रहर भन्दा पनि संघका मान्छेहरुले धेरै अपमान गर्छन् । प्रदेश मुख्यमन्त्रीको प्रतिष्ठा बढाउन पनि हो ।’
संघको मोजमस्ती कसैले देखेनन्
प्रदेश सरकारका मन्त्रीहरु सुविधाभोगी भन्नु पूर्वाग्रहमात्रै भएको मुख्यमन्त्री गुरुङ बताए । प्रदेशका मन्त्रीहरुको कार्यालय र आवास समेत व्यवस्थित नरहेको भन्दै उनले संघ सरकारमा बस्नेहरुले गरेको मोजमस्ती कसैले नदेखेको बताए ।
‘हामी त प्रारम्भिक अवस्थामा गुज्रिरहेका छौं । न संरचना छ, न स्रोतसाधन छ । न कर्मचारी छन्, न कानुन छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘हामी आर्थिक अनुशासनमा छौं । गाडी चड्यो भनेर आलोचना नगरौं । प्रदेशको अवस्था र काम हेरौं ।’
अमृत सुवेदी, समाधानबाट
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु