पोखरा । अध्ययनका लागि न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर एक्सेस एजुकेशन नेटवर्कले पोखरामा साउन २६ गते पोखरामा ‘न्यूजिल्याण्ड एड्मिसन सेसन’ गर्ने भएको छ । पोखरा सिद्धार्थचोकस्थित आफ्नै कार्यालयमा यो ‘एड्मिसन सेसन’ चल्नेछ । अध्ययनका लागि न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर गर्न लागेको यो विशेष इभेन्टमा आएर विद्यार्थीहरुले बढि भन्दा बढि जानकारी लिन सक्ने एक्सेस एजुकेशन पोखराका निर्देशक बिजय अधिकारीले जानकारी दिए ।
यो इभेन्टमा न्यूजिल्याण्डका १० वटा कलेजका प्रतिनीधिहरुले विद्यार्थीहरुलाई काउन्सिलिङ गर्नुका साथै सम्बन्धित कलेजको कोर्ष र अध्ययन शुल्कको बारेमा जानकारी दिनेछन् । एक्सेस एजुकेशन नेटवर्कले पोखरामा ७ वर्षयता वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । आइएसओ सर्टिफाइड यो कम्पनी ‘एजुकेशन न्यूजिल्याण्ड’को नेपालस्थित एजेन्सी पनि हो । काठमाण्डौ, पोखरासहित नेपालभर ७ वटा शाखाबाट कम्पनीले विद्यार्थीहरुलाई सेवा दिँदै आएको छ । अष्ट्रेलिया, यूके, क्यानडा जस्ता मुलुकमा जान चाहने विद्यार्थीहरुलाई कम्पनीले परामर्श दिँदै आएको छ ।
सम्बन्धित खबर
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’