मुक्तिनाथको आँगनीमा यार्तुङ महोत्सव सुरु, घोडचढी र तारो खेल मुख्य आकर्षण (हेर्नुहोस् १२ तस्विरमा)

मुक्तिनाथको आँगनीमा यार्तुङ महोत्सव सुरु, घोडचढी र तारो खेल मुख्य आकर्षण (हेर्नुहोस् १२ तस्विरमा)

Yartung Mela (1)

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको आँगनमा आजदेखि यार्तुङ महोत्सव सुरु भएको छ ।

मुक्तिनाथ सहित यहाँका १९ वटा गाउँका स्थानीयले प्राचीन कालदेखि बर्खा सकिएको खुसीयालीमा रमाउँदै यार्तुङ महोत्सव गर्दै आएकोमा स्थानीय सरकार बनेसँगै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनप्रिय युवा क्लबको साथमा महोत्सव आयोजना गरेको हो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहेको छ । अनलाइन मिडिया पार्टनरमा गण्डकन्यूज डटकम रहेको छ ।

बर्खा याम सकिएको खुशीयालीमा यार्तुङ मनाइए पनि सामान्यतः यस क्षेत्रमा पानी कम पर्दछ । चार दिनसम्म चल्ने महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् ।

महोत्सवमा गाउँपालिका भित्रका १९ वटा गाउँको परम्परागत भेषभुषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ