मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मुक्तिनाथ मन्दिर पछिल्ला समयमा फोहोर हुने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले मन्दिर परिसरमा शौचालय, रानीपौवामा ढल निकास लगायतमा सहयोग गर्ने पनि मुस्ताङबासी सामु बताए ।

हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको आँगनमा आजदेखि सुरु यार्तुङ महोत्सवमा प्रमुख अतिथि गुरुङले पर्याप्त पर्यटकीय सम्भावना बोकेको मुस्ताङमा अब दुःखका दिन जाने बताए । भौगालिक विकटताका साथै शिक्षा, स्वास्थ्य आदिका कारण यो क्षेत्र पछि परेको बताउँदै उनले आगामी दिनमा आवश्यकता अनुरुप पर्यटकीय पूर्वाधार विकास गर्दै लगिने बताए । मुस्ताङमा विद्यमान गरिबी आगामी १० वर्ष भित्र हटाउने उनले उल्लेख गरे ।

पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै मुख्यमन्त्रीले उपल्लो मुस्ताङमा जिओ पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइसकेको जानकारी दिए । मुस्ताङकै छेङ्गुरमा हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणको डिपिआर तयार गर्न डेढ करोड रुपैयाँ छुट्याइएको उनको भनाई छ ।

मुक्तिनाथको विकास समग्र प्रदेशको विकाससँग जोडिएको चर्चा गर्दै उनले मुक्तिनाथ, दामोदरकुण्ड जस्ता स्थलको भारत र चीनमा प्रवद्र्धन गरिने बताए । आर्थिक वर्ष २०७८÷७९ सम्म कालीगण्डकी करिडोर सम्पन्न गर्ने लक्ष्य रहेको र कोराला नाका खुलाउन पहल भैरहेको बताउँदै मुख्यमन्त्री गुरुङले यो क्षेत्र चाँडै नै सुगम अन्तराष्ट्रिय व्यापारिक ट्रान्जिट बन्ने विश्वास व्यक्त गरे ।

संघीय सांसद प्रेमप्रसाद तुलाचनले यार्तुङ जिल्लाको प्राचीन संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि महोत्सवले निरन्तरता पाउनुपर्ने धारणा राखे । मुस्ताङमा अहिले पनि कतिपय स्थानीयवासीले लालपूर्जा नपाएको उल्लेख गर्दै ती लगायतका समस्या समाधान गर्न पहल भैरहेको बताए ।
प्रदेश सभा सदस्य महेन्द्र थकालीले संस्कृतिको जगेर्ना गर्दै जानुपर्ने बताउँदै महोत्सवले हिमाली क्षेत्रको यस संस्कृतिलाई बचाइराख्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले संस्कृतिको पुस्तान्तरण हुनु आवश्यक भएको बताए ।
बारागुङ गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवद्र्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डिकी गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी, जनप्रीय युवा क्लबका सल्लाहकार सुरज गुरुङ लगायतले यार्तुङको महत्व लगायतमा प्रकाश पारे ।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब