मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिक्षेत्रमा आजदेखि सुरु भएको यार्तुङ महोत्सवमा फुटबल खेल सुरु भएको छ । पहिलो दिन प्रिक्वार्टरफाइनल खेल सम्पन्न भएका छन् । ठिनी, मिलन युथ, जनहित, थोरङपास, निलगिरी, छुक्साङ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी सेभेन ए साइड फुटबलको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजक जनप्रिय युथ क्लब पुराङ जोमसोमको जनहित क्लबसँग टाइब्रेकरमा पराजित भयो । गोलरहित खेल भएपछि पेनाल्टी सुटआउटमा खेल धकेलिएको थियो ।

दोस्रो खेलमा मिलन युथ क्लब कागवेनीले जोमसोम क्लबलाई २–१ गोलले पराजित गरेको छ । यस्तै, थोरङपास युथ क्लबले चाप्केपा युथ क्लबलाई एकतर्फी तीन गोलका साथ सहज जित हात पार्यो । चौथो खेलमा निलगिरी युथ क्लब टुकुचेले कागछोदे युथ क्लब कागबेनीलाई पेनाल्टी सुटआउटमा परािजत गर्यो । पाँचौ खेलमा छुक्साङ नर्सिङले मुस्ताङ बोन एक्शनलाई १–० गोलको झिनो अन्तरले पराजित ग¥यो । अन्तिम प्रिक्वार्टर फाइनलमा जनमुक्ति युथ क्लब ठिनीले मुस्ताङ गेटवेलाई २–१ गोलले पराजित ग¥यो ।

मुक्तिनाथ सहित यहाँका १९ वटा गाउँका स्थानीयले प्राचीन कालदेखि बर्खा सकिएको खुसीयालीमा रमाउँदै यार्तुङ महोत्सव गर्दै आएकोमा स्थानीय सरकार बनेसँगै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनप्रिय युवा क्लबको साथमा महोत्सव आयोजना गरेको हो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन रहेको छ । अनलाइन मिडिया पार्टनरमा गण्डकन्यूज डटकम रहेको छ ।
बर्खा याम सकिएको खुयालीमा यार्तुङ मनाइए पनि सामान्यतः यस क्षेत्रमा पानी कम पर्दछ । चार दिनसम्म चल्ने महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल लगायतका कार्यक्रम हुनेछन् । महोत्सवमा गाउँपालिका भित्रका १९ वटा गाउँको परम्परागत वेषभूषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने जनाइएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु