पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा पक्राउ

पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा पक्राउ

chori

पोखरा महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ११ घर भई पोखरामा डेरा गरेर बस्दै आएका ५१ वर्षीय किशोर थापालाई प्रहरीले एक वर्षपछि समातेको हो ।

प्रहरीले उनीसँगै चोरीको सामान किन्ने काठमाडौंका रुपचन्द्र गोपालीलाई पनि नियन्त्रणमा लिएको छ । उनको कलंकीमा कम्प्युटर पसल रहेको र त्यहाँ चोरीको सामान किनबेच हुने गरेको खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गरेको हो ।

थापाले गएको एक वर्षमा पोखराका ११ वटा वडा कार्यालयमा चोरी गरेका थिए । गत वर्ष जेठ महिनाबाट पोखराका वडा कार्यालयमा शृंखलाबद्ध चोरीको घटना सुरु भएपनि प्रहरीले चोर पक्राउ गर्न सकेको थिएन । पोखराको वडा नम्बर ५, ६, १२, १३, १४, १५, १६, १९, २५, २९, ३१ मा चोरी भएको थियो।

वडा कार्यालयबाट कम्प्युटर चोरी हुँदै आएको थियो। थापाले ती कम्प्युटर गोपालीलाई बेच्ने गरेका थिए । पक्राउ परेका थापा यसअघि पनि दुई पटक चोरी मुद्दामा जेल परेका थिए । पछि छुटेपछि उनले फेरी चोरी गर्न सुरु गरेको अनुसन्धानबाट खुलेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds