पोखरा । इन्टरनेट सेवा प्रदायक ‘पोखरा इन्टरनेट’ले आफ्नो पछिल्लो सेवा केन्द्रको कार्यालय पोखराको फुलबारीमा स्थापना गरेको छ । ग्राहकहरुलाई बढि भन्दा बढि सेवा दिने उद्देश्यले सेवा केन्द्र विस्तार गरिएको कम्पनीले जनाएको छ ।
पोखरा इन्टरनेटमा लामो समयदेखि कार्यरत बाघबीर लामाले शाखा कार्यालयको उद्घाटन गरेका थिए । ‘पोखरा इन्टरनेटले कम्पनीका कर्मचारीलाई पनि यसरी सम्मान दिएर कार्यालय उद्घाटन गर्न दिँदा निकै खुशी लागेको छ । र, म कम्पनीको यो निर्णयप्रति कृतज्ञ छु ।’ बाघबीरले भने ।
फुलबारीमा सेवा केन्द्र बिस्तारसँगै त्यस क्षेत्रका प्रयोगकर्ताहरुका लागि अभैm बढि सजिलो हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले बताए । ‘ग्राहकहरुलाई कम्पनीका हरेक सेवा लिन अझै बढि सजिलो हुने हाम्रो विश्वास छ । केही समस्या आएको खण्डमा पनि सेवा केन्द्रबाट तत्काल समाधानको प्रयास हुनेछ । र, ग्राहकका लागि यो अझै सुविधायुक्त हुनेछ ।’ उनले भने ।
पोखरा इन्टरनेटले प्रयोगकर्ताहरुको सुविधालाई सँधै आफ्नो आफ्नो पहिलो प्राथमिकतामा राखेर अगाडी बढिरहेको कम्पनीका जनरल म्यानेजर विजेशशंकर पालिखेले बताए । ‘इन्टरनेटसँगै क्लियर टिभी र इन्टरनेटसम्बन्धि विभिन्न डिभाइसहरु हामीले लञ्च गर्दै आएका छौँ । र, यी सबै कुरा ग्राहकहरुको सन्तुष्टिकै लागि हुन् ।’ विजेशले भने ।
कम्पनीले यस अगाडी पोखराको जिरो किलोमिटरमा सेवा केन्द्र विस्तार गरेको थियो । पोखरा गैरापाटनमा मूख्य कार्यालय रहेको कम्पनीले पोखरासँगै आसपासका जिल्लाहरुमा समेत सेवा विस्तार गरिसकेको छ । गण्डकी प्रदेशलाई नै लक्षित गरेर कम्पनीले सेवा विस्तार गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
गण्डकीमा गाँजा खेतीलाई वैधानिकता दिने विधेयक प्रदेश सभामा पेस
स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने