पोखरा । इन्टरनेट सेवा प्रदायक ‘पोखरा इन्टरनेट’ले आफ्नो पछिल्लो सेवा केन्द्रको कार्यालय पोखराको फुलबारीमा स्थापना गरेको छ । ग्राहकहरुलाई बढि भन्दा बढि सेवा दिने उद्देश्यले सेवा केन्द्र विस्तार गरिएको कम्पनीले जनाएको छ ।
पोखरा इन्टरनेटमा लामो समयदेखि कार्यरत बाघबीर लामाले शाखा कार्यालयको उद्घाटन गरेका थिए । ‘पोखरा इन्टरनेटले कम्पनीका कर्मचारीलाई पनि यसरी सम्मान दिएर कार्यालय उद्घाटन गर्न दिँदा निकै खुशी लागेको छ । र, म कम्पनीको यो निर्णयप्रति कृतज्ञ छु ।’ बाघबीरले भने ।
फुलबारीमा सेवा केन्द्र बिस्तारसँगै त्यस क्षेत्रका प्रयोगकर्ताहरुका लागि अभैm बढि सजिलो हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले बताए । ‘ग्राहकहरुलाई कम्पनीका हरेक सेवा लिन अझै बढि सजिलो हुने हाम्रो विश्वास छ । केही समस्या आएको खण्डमा पनि सेवा केन्द्रबाट तत्काल समाधानको प्रयास हुनेछ । र, ग्राहकका लागि यो अझै सुविधायुक्त हुनेछ ।’ उनले भने ।
पोखरा इन्टरनेटले प्रयोगकर्ताहरुको सुविधालाई सँधै आफ्नो आफ्नो पहिलो प्राथमिकतामा राखेर अगाडी बढिरहेको कम्पनीका जनरल म्यानेजर विजेशशंकर पालिखेले बताए । ‘इन्टरनेटसँगै क्लियर टिभी र इन्टरनेटसम्बन्धि विभिन्न डिभाइसहरु हामीले लञ्च गर्दै आएका छौँ । र, यी सबै कुरा ग्राहकहरुको सन्तुष्टिकै लागि हुन् ।’ विजेशले भने ।
कम्पनीले यस अगाडी पोखराको जिरो किलोमिटरमा सेवा केन्द्र विस्तार गरेको थियो । पोखरा गैरापाटनमा मूख्य कार्यालय रहेको कम्पनीले पोखरासँगै आसपासका जिल्लाहरुमा समेत सेवा विस्तार गरिसकेको छ । गण्डकी प्रदेशलाई नै लक्षित गरेर कम्पनीले सेवा विस्तार गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो