सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउने भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागिताका साथ दिवस मनाउने बारे छलफल भएको छ ।
संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागितामा राजधानी काठमाडौंको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् ।
यस बर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डा सहितको र्याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ ।
प्रदेश र स्थानीय तहको सवालमा सम्बन्धित मन्त्रालयले संयोजन गरी तोकिएको स्थानमा अनिवार्य उपस्थिति हुने व्यवस्था मिलाईएको छ । बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउदै गृह सचिव प्रेम कुमार राईले सबैको सक्रिय सहभागिताका लागि आग्रह गरे ।
असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाई गरी साँझ दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानका केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने