पोखरा । पोखराको लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिन प्रहरी सक्षम रहेको प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् ।
संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा व्यारेक भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।उनले नचाहिने गतिविधि गर्नेलाई तत्काल प्रहरी कठघरामा उभ्याइने चेतावनी दिए । चर्को आवाज दिने मोटरसाइकल नियन्त्रणमा लिन र रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न उनले गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई निर्देशन दिए ।
विगतमा मुस्कानसहितको सेवा भनिए पनि त्यो प्रभावकारी नभएको टिप्पणी उनले गरे । उनले आफ्नो पालामा ल्याइएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी बन्दै गएको दाबी गरे । उनले व्यवसायलाई पनि पैसा कमाउने मात्र नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए । २ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा १६ कोठा भएको साढे २ तले भवन निर्माण गरिएको हो । यस्तै उनले ३ करोड २५ लाख लागतमा बन्ने संघीय प्रहरी कार्यालयको व्यारेक भवनको पनि शिलान्यास गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो