पोखरा । गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले रवीन्द्र अधिकारी प्रतिष्ठानलाई जग्गा र पैसा नदिन माग गरेका छन् । प्रदेश सभामा बुधबार विशेष समय लिएर बोल्दै उनले प्रतिष्ठानलाई भवन बनाउन जग्गा र संघ, प्रदेश र स्थानीय तहले पैसा दिन लागेको भन्दै आपत्ति जनाएका हुन् ।
उनका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित वागबानी तथा कृषि अनुसन्धान केन्द्रको २ रोपनी जग्गा प्रतिष्ठानको नाममा ल्याउने प्रक्रिया शुरु भएको छ । सो प्रक्रिया तत्काल रोक्न उनले माग गरे । खुलेका सबै प्रतिष्ठानलाई राज्यले जग्गा दिन सक्छ भने त्यसमा आफ्नो आपत्ति नभएको बताउँदै उनले हैन भने कसैलाई कसैलाई दिने र कसैलाई नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
सांसद थापाले रवीन्द्र स्मृति प्रतिष्ठानका लागि संघ, प्रदेश र स्थानीय तीनै सरकारले आर्थिक सहयोग गरेको भन्दै त्यसप्रतिपनि आपत्ति जनाए । संघ सरकारबाट एक करोड, प्रदेश सरकारबाट २ शीर्षकमा ६० र ५० लाख गरी १ करोड १० लाख र महानगरपालिकाबाट २० लाख भन्दा बढी रकम प्रतिष्ठानलाई दिएको भन्दै यो पार्टीका मान्छेलाई पोस्ने परिपार्टी भएको टिप्पणी गर्दै यस्ता कार्य बन्द गरिनुपर्ने बताए ।
सांसद थापाले फेवातालमा रहेको तालबाराही मन्दिरको गुठी जग्गा निजी कम्पनीलाई भाडामा लगाउन लागिएको भन्दै सो कार्य रोक्न माग गरे ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मधेशी आयोगको प्रतिवेदन पेस
मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर
माइक्रोबसको ठक्करबाट महिला घाइते
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’