गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । मुलुकभर फिल्म प्रमोशनलाई तीब्रता दिएको मारुनी टीमले पोखरामा भदौ ६ गते शुक्रबार कन्सर्ट गर्दैछ । दिउँसो ३ बजेपछि पोखराको अमरसिंहचौरमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । कन्सर्टमा मुख्य कलाकारहरु पुष्प प्रधान, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको उपस्थिति रहनेछ । त्यसअघि दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
यही भदौ १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ’मारुनी’को प्रचारप्रसार अहिले तीब्र गतिमा अघि बढेको छ । फिल्मको प्रचारप्रसार पनि फरक तरिकाले भइरहेको छ । फिल्म टीम काठमाडौँमा मात्र नभएर देशका विभिन्न शहरमा प्रचार गर्न व्यस्त छ । फिल्म प्रचारकै लागि विभिन्न शहरका सफारी देखि टेम्पोसम्म पोस्टर टाँसिरहेको छ ।फिल्मको दुइ गीत र ट्रेलर सार्वजनिक भईसकेको छ । सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले निकै मन पनि पराएका छन् । पोखरा, चितवन, इटहरी, नेपालगन्ज लगायतका सहरमा फिल्मका कलाकार र निर्माण टीम पुग्ने निर्मात्री पुनम गौतमले जनाएकी छिन् ।
फिल्म युनिटले ७ प्रदेशमा ४ ओटा कन्सर्ट गर्दैछ भने सबै कन्सर्टमा फिल्मकी नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको उपस्थिति रहने छ ।भदौ ४ गते ईटहरीबाट कन्सर्ट सुरु भइसकेको छ । पोखरामा भदौ ६ गते आउँदैछ ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह–निर्मातामा रहेका छन । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो