तनहुँ प्रशासनको छड्के: २१ वटा सरकारी कार्यालयका १ सय १२ जना कर्मचारी अनुपस्थित

तनहुँ प्रशासनको छड्के: २१ वटा सरकारी कार्यालयका १ सय १२ जना कर्मचारी अनुपस्थित

karmachari-pratisthan

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको छड्के जाँचका क्रममा तनहुँका ११२ जना कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ ।

बुधबार बिहान १० बजे देखी ११ बजे सम्म २१ वटा बिभिन्न सरकारी कार्यालयमा छड्के चेकजाचका क्रममा सो संख्या कर्मचारी अनुपस्थित पाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।
अनुगमनका क्रममा सबैभन्दा बढी दमौली अस्पतालमा ३९ जना कर्मचारी अनुपस्थित पाइएको जिल्ला प्रशसन कार्यालय तनहुँले जनाएको छ ।

शिक्षा तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय र सडक डिभिजन कार्यालय संघ मा कार्यालय प्रमुख समेत नरहेको भेटीएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण माग गरी कारवाही प्रक्रियाअगाडी बढाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds