पोखरा । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलव सुविधा बढायो । यसको चौतर्फी विरोध भैरहेको छ । सँगै जनप्रतिनिधिलाई मासिक तलव दिने ब्यवस्था संविधानमा नभएको भन्दै गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गण्डकी प्रदेशसँगै प्रदेश २, ३, ५, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले संधिवानको गम्भीर उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो । प्रदेश १ ले चाहीँ संविधान विपरित काम नगरेको बताईएको छ । अधिवक्ता लोकेन्द्र ओलीले प्रदेश १ बाहेक सबै प्रदेशले संविधानको गम्भीर उल्लंघन गरेर स्थानीय तहका जनप्र्रतिनिधिलाई मासिक पारिश्रमिक, ज्याला र तलव सहित सुविधा दिएको भन्दै रिट दर्ता गराएका हुन् ।
‘संविधानको धारा २२० को (८) र धारा २२७ मा जनप्रतिनिधिलाई तलब, ज्यालासहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्रै दिने उल्लेख गरेको छ,’ अधिवक्ता ओलीले भने, ‘प्रदेश १ ले नेपालको संविधानअनुसार नै सुविधा मात्रै लिने ऐन बनाएर कार्यान्वयन सुरु गरेको छ । अरु प्रदेशले राज्यको करोडौँ सिध्याइरहेका छन् । यो संविधान विपरीत हो ।’ उनले छ वटा प्रदेशले बनाएका यी ऐनहरू तत्काल खारेजीको पनि माग गरेका छन् ।
जनप्रतिनिधिहरुले पाउने सुविधाको विषयमा सबै प्रदेशले ऐन बनाएका छन्। प्रदेश १ बाहेकका प्रदेशका गाउँ, नगर, उपमहानगर र महानगरसभाका बैठक भत्तासँगै उनीहरुले मासिक रुपमा तलब समेत बुझ्दै आएका छन् । संविधानमा स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने व्यवस्था नभई सुविधा लिन पाइने व्यवस्था छ । प्रदेश र स्थानीय तहले संविधानले सुविधा लिन पाउने भनेर गरेको व्यवस्थालाई प्रदेशले तोडमोड गरेर तलब, सेवासुविधा मनलाग्दी बनाएका छन् ।
प्रदेश १ बाहेकका जनप्रतिनिधिले कर्मचारीले जसरी नै मासिक रुपमा तलब बुझेका छन् । संविधानमा उल्लेख गरेको सुविधा नियमित नभई तोकिएको बैठक वा विशेष अवसरमा उपस्थित भएबापत यातायात खर्च वा अन्य खर्च पर्छन् । तर, अहिले महिनावरी तलबसँगै अन्य भत्ता (सुविधा) हरु पनि लिँदै आएका छन् ।
गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका सांसद कुमार खड्का सरकारले संविधान नै उल्लंघन गरेर यस्तो व्यवस्था गरेको बताउँछन् । ‘हामीले सुविधा मात्रै तोकौँ भनेका हौँ,’ उनले भने, ‘मानिसहरुले जनप्रतिनिधिलाई सेवाको नभई जागिरेको हिसाबले हेर्न थाले । संविधानले यस्तो व्यवस्था गरेको छैन। अझ गण्डकी सरकारले त दोहोरो सुविधा लिने विद्येयक नै ल्याइसक्यो । हामीले विरोध र्गयौँ । दुई तिहाई बहुमत रहेको सरकारले पास गराई छाड्छ ।’
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु