पोखरा । रुखले च्याप्दा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ । शनिवार खेतमा धान गोडिरहेको अवस्थामा बरको रुख ढलेर थिच्दा १ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखले थिचेर स्याङ्जा चापाकोट नगरपालिका – १० किसान विरुवाकी ५८ बर्षिया निनी कुमारी गाहाको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।
यस्तै, बागलुङमा माइतिबाट घर फर्कने क्रममा ढुङ्गाले लागेर एक वृद्धाको मृत्यु भएको छ । शनिवार बागलुङ नगरपालिका-८ सिगाना स्थित गुवाखोलामा काठेखोला गाउँपालिका- २ भिमपोखरा बस्ने ७५ बर्षिया अच्छि गिरीको ढुङ्गाले लागेर मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।
गिरीलाई बागलुङ नगरपालिका -९ तित्याङ स्थित माइति घरबाट आफ्नै घर फर्कदै गर्दा गुवाखोला तर्ने क्रममा अचानक माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।
ढुङ्गाले लागेर घाइते भएकी गिरीलाई उपचारको लागी अंचल अस्पताल धवलागिरी लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्कीले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा
मगर विद्यार्थी संघ पिएन क्याम्पसको अध्यक्षमा अनोक पुलामी
भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
पर्यटकीय राजधानीलाई सफल बनाउन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री अधिकारी
पोखराको चाउथेमा दुर्घटना: १९ वर्षीया खुसीको मृत्यु, स्कुटर चालक विनिता घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग