नेकपा सुदूरपश्चिम ईन्चार्ज भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताउनु भएको छ । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले जिम्मेवार नेता बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाउनु भयो । नेता रावलले भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको बताउनुभयो । माक्सबादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई लागिरहनु भएको उहाँको आरोप छ ।
तराई र पहाड मिल्न दिनुहुँदैन भन्ने कुरा बाबुरामको संविधान बनाउने बेलादेखिको निरन्तरता भएको बताउदै उहाँले देशको प्रधानमन्त्री समेत भइसकेका मान्छेले यस्तो कुरा गर्नु नसुहाउँने बताउनु भयो । नेता रावलले बाबुराम जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुख पाएको बताउनु भयो ।
नेता रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्ट्रिले गलत भएको बताउनुभयो ।उहाँले प्रधानमन्त्री आफैले उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएपनि विदेशबाट आफै मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी पनि नभएको नेता रावलको भनाइ थियो । देशको सुरक्षा र गोपनीयताको कुरामा भिडियो कन्फ्रेन्स उपयुक्त नभएको बताउदैै उहाँले आधुनिक युगमा गयौं भन्दैमा अरु कुनै चिजको ख्याल नगरिनु राम्रो नभएको बताउनु भयो ।
संघीय समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केही दिन पहिले टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण