तनहुँ । वेदव्यास महर्षि होइनन् भगवान वेदव्यास भएको वरिष्ठ संस्कृतिविद एवं प्रज्ञाप्रतिष्ठानका उप-कुलेपति जगमान गुरुङले बताए । सो कुरा गुरुङले मंगलबार दमौलीमा आयोजित महर्षि वेदव्यासको विराटमुर्ति विषयक विद्धत संग परामर्श सभा कार्यक्रममा बताएका हुन ।
भगवान विष्णुको अवतार मध्ये एक अवतार वेदव्यास समेत भएको हुँदा वेदव्यास भगवान भएको उनले बताए । वेदव्यासको मुर्ति बनाउने कुरामा अब कसैले पनि बखेडा गर्न नहुने गुरुङले बताए । व्यासको मुर्ति उभिएकै बनाउनु पर्ने गुरुङले बताए । दायाँ खुट्टा अगाडि बढाएको, आँखा ठुलो, नाक चुच्चो र दायाँ हात उठाएको र बायाँ हातमा कमण्डलु लिएको बनाउन वरिष्ठ संस्कृतिविद गुरुङले सुझाव दिए ।
विद्वान वर्ग संग छलफल गरेरमात्र वेदव्यासको मुर्ति बनाउने भनेर सो कार्यक्रम गरिएको संस्थाका प्रमुख संरक्षक काशीनाथ न्यौपानेले बताए ।
१०८ फिटको वेदव्यासको मुर्ति बन्नु सबैको लागि गौरवको कुरा भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । सो कार्यको लागि व्यास नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन समेत गरिसकेको प्रमुख न्यौपानेले बताए । वेदव्यासले प्रवाह गर्न खोजेको सन्देशको आधारमा मुर्ति बनाउन उनले सुझाव दिए ।
दमौली र तनहुँलाई मात्रै नभई नेपाललाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने काम वेदव्यासले गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । मुर्ति कै आकारकै विषयमा लामो छलफल गर्नुभन्दा पनि काम गर्नुपर्ने इन्जिनियर विनोद खड्काले बताए ।
भावना संग जोडिएकाले दृष्टिका आधारमा वेदव्यासको मुर्ति बनाउनुपर्ने विशिष्ट अतिथि किशोर गौतमले बताए । भगवान प्रतिको आस्था घटाउने काम विरोधीहरु गर्ने उनले बताए ।
सनातन धर्ममाथि प्रहार भैरहेको प्रा डा. देवमणी भट्टराईले बताए । सनातन हिन्दु धर्म विज्ञानसंग समेत जोडिएको उनलेे बताए ।
व्यासको मुर्ति स्वरुपमा बसेको छलफलले एउटा अर्थपुर्ण निष्कर्ष निकाल्ने प्रा डा. नारायण प्रसाद गौतमले बताए ।
व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष दमौली तनहुँको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष अशोक कुमार श्रेष्ठले गरेका थिए ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता समुन्द्र गोदार, नेकपा तनहुँका सचिव राजेन्द्र केशरी न्यौपाने, नेकपाका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ लगाएतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न धार्मिक संघसस्थाका प्रतिनिधि तथा बुद्धिजीवीको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष एक बहादुर रानाले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका महासचिव विष्णुभक्त सिग्देलले गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’